३० आश्विन २०८१, बुधबार
,
Latest
इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन माग



अ+ अ-

काठमाडौं  । मुस्लिम आयोगले भूमिहिन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन माग गरेको छ ।  

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मंगलबार भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहिन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गर्नुभएको हो ।  उहाँले २०४७ साल देखि २०७७ साल सम्म आइपुग्दा विभिन्न चरणमा १ लाख ५४ हजार जनाले दरखास्त दिएको र ४६ हजार ६ सय ९४ विघाहा जग्गा उपलब्ध हुँदा समेत भूमिहिन मुस्लिम समुदाय कसैलेपनि भूमि पाउन नसकेको बताउनुभयो । उहाँले अहिले पनि १४ लाख भन्दा बढी भूमि बिहीनहरुलाई जग्गा उपलब्ध गराउने खाका तयार हुँदा समेत भूमिहिन मुस्लिम समुदायहरु नपरेको बताउनुभयो । उहाँले कुल संख्याको कम्तिमा शुन्य दशमलव ५ प्र्रतिशत भूमि मुस्लिम समुदायलाई उपलब्ध गराउन माग गर्नुभयो ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले अहिले १४ लाख भूमिहिन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको र त्यसमा सबै समूदायका भूमिहिनहरु पर्ने बताउनुभयो । उहाँले सुकुम्बासिको नाउँमा अव्यवस्थित बसाई गर्ने व्यक्तिहरुलाई सित्तैमा जग्गा नदिने पनि प्रस्ट पर्नुभयो । ज्ञवालीले सरकारका सहसचिव तहमा काम गर्ने व्यक्तिका परिवार पनि भूमिहिनको रुपमा लामो समयदेखि जग्गा ओगटेर बसेको उल्लेख गर्दै सामान्य गरिब भूमिहिन व्यक्तिलाई सित्तैमा भूमि उपलब्ध गराउने र बाँकीलाई अवस्था हेरेर ५ प्रतिशत भन्दा माथि राजश्व लिई भूमि उपलब्ध गराउने बताउनुभयो ।

मूस्लिम आयोगले देशभर ७० हजार भन्दा बढी मुस्लिम परिवारहरु भूमिहिन भएकोले प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ ।