२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, यातायात अवरुद्ध



अ+ अ-

चितवन । नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेको छ । पहिरोका कारण यातायता ठप्प भएको छ ।

सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार दिउँसोदेखि एकतर्फी गाडी चल्न सुरु गरेका थिए । ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

‘आज काम सुरु हुन्छ । तर पहिरो ठूलो छ । सकेसम्म आजै सफा गरेर गाडी सञ्चालन गर्ने योजना छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डस्एसपी सुर्य थापाले जानकारी दिए । अविरल वर्षाका कारण सडकहरु ठाउँ ठाउँमा क्षतिग्रस्त छन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग ठप्प भएका कारण अन्य वैकल्पिक मार्ग रोज्न प्रशासनले यात्रुलाई अनुरोध गरेको छ ।