१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, यातायात अवरुद्ध



अ+ अ-

चितवन । नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेको छ । पहिरोका कारण यातायता ठप्प भएको छ ।

सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार दिउँसोदेखि एकतर्फी गाडी चल्न सुरु गरेका थिए । ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

‘आज काम सुरु हुन्छ । तर पहिरो ठूलो छ । सकेसम्म आजै सफा गरेर गाडी सञ्चालन गर्ने योजना छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डस्एसपी सुर्य थापाले जानकारी दिए । अविरल वर्षाका कारण सडकहरु ठाउँ ठाउँमा क्षतिग्रस्त छन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग ठप्प भएका कारण अन्य वैकल्पिक मार्ग रोज्न प्रशासनले यात्रुलाई अनुरोध गरेको छ ।