२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु



symbolic picture
अ+ अ-

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले बताउनुभयो । 
    
घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बेहोस भएपछि मृत्यु भएको स्थानीय आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिनुभयो । मृतक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्थ्यो ।