७ असार २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त



अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन् ।

यमनका हुथी बिद्रोही विरूद्ध जारी हमलाका सूचना चुहाएको आरोप खेपिरहेका वाल्जमाथि राजीनामा गर्न चर्को दबाब परिरहेको थियो । वाल्जले अमेरिकी रक्षामन्त्री समेतका बरिष्ट अधिकारीहरू रहेको एउटा च्याट ग्रुपमा एक जना अमेरिकी पत्रकारलाई पनि भुलबस समावेश गरिदिएका थिए ।

पछि ती पत्रकारले ग्रुपमा भएका वार्ताहरू दी एटलान्टिस अखबार छापिदिएका थिए ।

राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेको १०० दिन पुगेलगत्तै आफ्नो प्रशासनबाट बर्खास्तगीमा परेका वाल्ज पहिलो वरिष्ठ अधिकारी हुन् । वाल्जलाई ट्रम्पले युएनका लागि अमेरिकी राजदूत बनाएर पठाउने घोषणा गरेका छन् ।

पहिलो कार्यकालमा पनि ट्रम्पले आफ्नो धारणासँग मेल नखाने कैयौं उच्च अधिकारीलाई बर्खास्त गरेका थिए । यसपटक केहि स्थिर देखिएका ट्रम्पले फेरि पनि बर्खास्तको सिलसिला सुरू गर्न सक्ने आकलन सुरू भईसकेको छ ।

निकै चर्चामा रहेका डोजका प्रमुख एलन मस्कले पनि ट्रम्प प्रशासन छाड्ने संकेत गरिसकेका छन् ।