१ पुष २०८२, मंगलवार
,
Latest
एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन स्मृति क्रिकेट :  पुलिस क्लब फाइनलमा



अ+ अ-

मोरङ। नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको पुलिस क्लबले आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको हो । यस अघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ५४  रन बनायो । आसामका लागि राज विश्वासले ३३ रन, अरुण सोनारले ३१, केभिन सञ्जिव क्रिस्टोफरले २३, हियेन कश्यपले १९ र कप्तान गोकुल शर्माले १० रन बनाए ।

बलिङतर्फ पुलिस क्लबका श्रवण यादव र अरुण ऐरीले तीन÷तीन विकेट लिए ।  एक सय ५५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव एक बलमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । पुलिसका लागि ‘प्लेयर अफ दी म्याच’ कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौकामो मद्दतमा अविजित ७१ रन योगदान दिए ।

यस्तै शङ्कर रानाले ६७ बलमा चार छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए । बलिङतर्फ आसामका कप्तान गोकुल शर्माले तीन विकेट लिए । फाइनल खेल आर्मी र पुलिस क्लबबीच शनिबार हुनेछ । रासस