२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताउनुभएको छ ।

नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो ।

संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उहाँको भनाइ छ । उहाँले सरकारको स्थायीत्वको अभावले नीतिगत काममा समे समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गर्नुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गर्नुभयो । उहाँले गैरआवासीय नागरिकताको अधिकारका विषय कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो । अहिले स्थायी सरार आयो कि भनेर अलिकति गति पक्रेको चाहीँ छ । संविधान निर्माणपछि बीचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पु¥याउन नसकेको हो । सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुईवटा ठूलो र प्रतिष्पर्धी दलहरु नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो । किनभने हामीले आर्थिक, सामाजिक रुपान्तरण जुन हामीले खोजेका थियौं । त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर चुनावमा हेरौंला अहिले मिलेरै चलाउँ भनेर चलाएका छौं । यो गैरआवासीय नागरिकतासम्बन्धमा गैरआवासीय नागरिकहरुको सुझावकै आधारमा ड्राफ्ट प्रोसेस चलिरहेको छ ।’

उहाँले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको बताउनु भयो ।




भर्खरै