२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्णः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताउनु भयो । उहाँले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको उल्लेख गर्नुभयो । उहाँले अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रवन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशमा धेरै खालका समस्याहरू छन् । समस्या समाधान गर्ने सन्दर्भमा केही चुनौतिहरू छन् । ती चुनौतिहरूभित्र पक्कै पनि अहिले विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू हाम्रो लेखापढीसँग पनि सम्बन्धित छन् । अझै पनि ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि सक्दैन । अहिलेका इलेक्ट्रोनिक डिभाइसका प्रयोगहरू अहिलेको एआईको अवस्थामा पुग्दाखेरी हामीले अब लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानुनी प्रबन्ध कसरी गर्ने, त्यसलाई व्यवहारिक रूपबाट कसरी लैजाने, त्यो सँग जनताका कामहरूलाई गाँसेर हाम्रो कामलाई प्रभावकारी कसरी बनाउने यो कुरा एउटा चुनौतिको रूपमा रहेको छ ।”

सभामुख घिमिरेले लेखापढीको ऐतिहासिकता आजको दिनले कायम गर्नुपर्नेमा जोड दिँदै विभिन्न चुनौतिहरूलाई सामना गर्न अधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।