२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

‘बलिदान’को प्रि-टिजर युट्युब ट्रेन्डिङमा नेपालमा पहिलो स्थानमा

‘बलिदान’को प्रि-टिजर युट्युब ट्रेन्डिङमा नेपालमा पहिलो स्थानमा
अ अ+ अ-

काठमाडौं । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ । यसका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यसैबीच, प्रि-टिजरले समाचार तयार पार्दासम्म ५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ र विदेशमा समेत उत्तिकै चासोपूर्वक हेरिएको छ । विशेषतः नेपालीहरूको बाक्लो बसोबास रहेका युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरिया लगायतका मुलुकमा पनि प्रि-टिजर ट्रेन्डिङमा रहेको छ ।

देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहितको प्रि-टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ । “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई…” जस्ता संवादहरूले दर्शकमा राष्ट्रिय भावना झन् गहिरो बनाएका छन् । भिडियोकै अन्त्यतर्फ समीरको चिच्याहटले दृश्यलाई अझ सशक्त बनाएको छ ।

निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ समीर भट्टको बहु आयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

ट्रेन्डिङमा देखिएको यो उपस्थिति र दर्शकको उत्साहजनक प्रतिक्रिया हेर्दा ‘बलिदान’ नेपाली दर्शकमाझ मात्र नभई विश्वभर रहेका नेपाली समुदायमाझ पनि प्रतीक्षित चलचित्र बन्ने स्पष्ट सङ्केत देखिएको छ ।