२ आश्विन २०८३, शुक्रबार
,
Latest
प्रचण्डको आक्रोश–‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक जारी जेन्जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह : ‘स्वदेशमै रोजगारी सिर्जना गर्न उदाहरण बन्नुस्’ एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे सीआईबीको नियन्त्रणमा बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाउनेलाई जरिवाना



अ+ अ-

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ ।  गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । 

निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।“असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्यरुपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरेको प्रहरीले अटेरी गर्ने एक हजार ५९ व्यक्तिलाई कारवाही गरेको हो”, उनले भने, “उनीहरुलाई रु १०० जरिवाना गर्दा कूल जम्मा रु एक लाख पाँच हजार ९०० राजस्व सङ्कलन भएको छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशन विपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप रु १०० जरिवाना तिर्न लगाइएको बताए । कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 




भर्खरै