काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना संक्रमितको मृत्यु भएको हो ।
गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषलाई मंगलबार गण्डकस्थित कोरोना अस्पतालमा लगिएको थियो । उनको सोही दिन साँझ मृत्यु भयो ।
उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।