२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न

नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौँ। नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनःपुष्टि गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायत पारस्परिक हितका विषयहरूमा पनि छलफल भएको थियो । दुबै पक्षले व्यापार तथा लगानी, पर्यटन तथा संस्कृति, शिक्षा, जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जालगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरेका मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवादका लागि द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकपश्चात्, परराष्ट्र सचिव राईले उपविदेशमन्त्री मम्मादोभ तथा उहाँको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । आफ्नो नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री मम्मादोभले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उहाँ लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने एक गोलमेच छलफलमा सहभागी हुने तथा एक छुट्टै कार्यक्रममा अजरबैजानको परराष्ट्र नीतिबारे प्रवचन दिने कार्यक्रम पनि रहेको छ । उप विदेशमन्त्री मम्मादोभ र उहाँको प्रतिनिधिमण्डल यही वैशाख २० गते काठमाडौँबाट प्रस्थान गर्नुहुने छ । रासस