२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनःपुष्टि गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायत पारस्परिक हितका विषयहरूमा पनि छलफल भएको थियो । दुबै पक्षले व्यापार तथा लगानी, पर्यटन तथा संस्कृति, शिक्षा, जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जालगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरेका मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवादका लागि द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकपश्चात्, परराष्ट्र सचिव राईले उपविदेशमन्त्री मम्मादोभ तथा उहाँको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । आफ्नो नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री मम्मादोभले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उहाँ लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने एक गोलमेच छलफलमा सहभागी हुने तथा एक छुट्टै कार्यक्रममा अजरबैजानको परराष्ट्र नीतिबारे प्रवचन दिने कार्यक्रम पनि रहेको छ । उप विदेशमन्त्री मम्मादोभ र उहाँको प्रतिनिधिमण्डल यही वैशाख २० गते काठमाडौँबाट प्रस्थान गर्नुहुने छ । रासस