२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान



अ+ अ-

काठमाडौँ। वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ ।

चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन योगदान पु-याएकाले उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । शाह ६ दशकभन्दा बढीसमयदेखि चित्रकलामा समर्पित हुनुहुन्छ । उहाँका चित्रहरुमा विश्वका कला पारखी लोभिन्छन् ।

चित्रकार शाहले आफूले खासै केही काम गरे जस्तो महसुस नभएको तर यस्ता सम्मानले केही गरेको रहेछु भन्ने अनुभूति भएको प्रतिक्रिया दिनुभयो । उहाँले वानीरासँग आफूले गरेका सहकार्यको स्मरण गराउनुभयो ।

सोही समारोहमा रु एक लाख राशिकै ‘वानीरा प्रज्ञा पुरस्कार’ साहित्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । पाँडेका नेपालीमा ५० र अंग्रेजीमा ४० वटा कृति प्रकाशित भइसकेका छन् । उहाँले प्राप्त पुरस्कार रकम कोष बनाएर साहित्य प्रवर्द्धनका लागि लगानी गर्ने घोषाण गर्नुभयो ।

सोही समारोहमा रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ भने कवि तथा साहित्यकार कृष्ण बाउसेलाई प्रदान गरिएको छ । उहाँले नेपाली साहित्यमा वानीराको योगदान महत्त्वपूर्ण रहेको र उहाँको नाममा स्थापित पुरस्कार पाउँदा खुसी भएको बताउनुभयो ।

डा वानीरा गिरीका कविता, निबन्ध र उपन्यास गरेर तेह्रवटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । २००१ साल वैशाख १३ गते दार्जिलिङको खरसाङमा जन्मनुभएका वानीरा गिरीको २०७८ साल जेठ ९ गते निधन भएको थियो ।

उहाँको सम्झनामा श्रीमान् शङ्कर गिरीले फाउन्डेसन बनाएर सामाजिक क्षेत्रमा योगदान पु-याउँदै आउनुभएको छ । रासस