१ भाद्र २०८३, सोमबार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा एकको मृत्यु



अ+ अ-

झापा। झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टङ्कप्रसाद बराल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँना साथ चिकित्सकले मृत घोषण गरेका हुन् ।

दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–११ बस्ने ठालुप्रसाद एक्तेन र ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ । रासस