३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला



अ+ अ-

पाल्पा। यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् ।  आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् ।

सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए ।

खोजतलास गर्ने क्रममा आज दिउँसो जङ्गलमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिनुभयो ।  उहाँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।

त्यसैगरी रम्भा गाउँपालिका–३ राम्दीस्थित कालीगण्डकी नदीको खोंचमा एक महिला मृतावस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका–६ दर्पुककी ३४ वर्षीया गङ्गा माझी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । दर्पुक माइती घर भएकी माझी बगनासकाली– ५ मानबहादुर दर्लामीको घरमा डेरा लिइ बस्दै आएकी थिइन् ।

मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबरका थिए । खबरलगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस