२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुँदै, अध्यक्षमा राउत



अ+ अ-

काठमाडौं । तराई मधेशमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ । २०७९ सालमा भएको निर्वाचनबाट दुवै पार्टीले संसद्मा राम्रो उपस्थिति जनाएका हुन् ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच यसअघि भएको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् ।