६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुखिया सूर्य नारायण शाहीको निधन, राउटे समुदायमा शोक



अ+ अ-

सुर्खेत। राउटे समुदायका एकजना प्रमुख नेता सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ। बराहताल गाउँपालिका–८ स्थित सोत खोलामा बसोबास गर्दै आएका शाहीको निधन गए राति साढे ९ बजे भएको हो।

शाहीको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको आशंका गरिएको छ। राउटे समुदायसँग लामो समयदेखि कार्यरत शिक्षक दुर्गा खत्रीका अनुसार उनी बिरामी नभए पनि केही दिनदेखि लगातार र धेरै मात्रामा रक्सी सेवन गरिरहेका थिए। “तीन दिनअघि मात्रै एक पेटी रक्सी ल्याएर सबैले पिएको कुरा सुन्नमा आएको छ,” खत्रीले बताइन्।

सन् २०७२ को जेठ महिनामा शाही राउटे समुदायको मुखिया बनेका थिए। उनी रास्कोटी गोत्रका प्रतिनिधि थिए। राउटे परम्पराअनुसार तीनवटा गोत्र हुन्छन् र प्रत्येक गोत्रबाट एकजना मुखिया चयन गरिन्छ।