२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरु काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख उहाँले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रुपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् । उहाँका मागहरु सम्बोधन गर्नतिर सरकार लोगस् । र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जवाफ दिने वातावरण सिर्जना होस् ।’

उहाँले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताउनु भयो ।