३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने



अ+ अ-

महोत्तरी। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सङ्घीयताको मर्म अनुरुप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिवासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उहाँले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको विकासमा राज्यको भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रत्येक प्रदेशका विशेषता अनुसारको आआफ्नै समस्या रहेकाले त्यस्ता समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरु साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गर्नुभयो ।रासस