२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालमा शैया अभावमा विरामीलाई धमाधम रेफर



अ+ अ-

काठमाडौं । देशकै जेठो अस्पताल वीरले पर्याप्त शय्या अभावका कारण विरामीलाई रेफर गर्ने गरेको छ । वीर अस्पतालले आकस्मिक सेवाका विरामीका लागि आईसियू पर्याप्त नभएका कारण अन्यत्र रेफर गर्ने गरेको हो । स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७० मा अस्पतालमा कुल शय्याको न्यूनतम १० प्रतिशत आकस्मिक सेवाका लागि हुनुपर्ने उल्लेख छ । अस्पतालमा हाल ४ सय ६० शय्या रहेको आधारमा आकस्मिक सेवाका लागि न्यूनतम ४६ शैया हुनुपर्छ । तर, आकस्मिक सेवाका लागि ४३ शय्यामात्र सञ्चालनमा छ ।

एउटा शैया दुईदेखि तीन विरामी राखी उपचार सेवा दिएको देखिएको छ । विरामीलाई आकस्मिक सेवा दिने अवस्थाअनुसार शय्या वर्गीकरण नगरेको महालेखा परीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । उता, वीर अस्पतालमा कार्यरत २६ चिकित्सक दैनिक तीन घण्टा हाजिर गरेर टाप कस्ने गरेको पाइएको छ । २६ चिकित्सकको २०७५ साउनको विद्युतीय हाजिर परीक्षण गर्दा महिनामा ९३ घण्टादेखि १ सय ४३ घण्टासम्म मात्रै उपस्थित हुने गरेको पाइएको हो । जसका कारण विरामी सहजसरल सेवा लिनबाट बञ्चित छन् । अस्पतालमा उपकरण अभावमा विरामी प्रत्यक्ष मारमा परेका छन् । उपकरण र आवश्यक चिकीत्सक अभावमा न्यूरो, हाडजोर्नीजस्ता शल्यक्रियाका लागि तीन महिनासम्म प्रतिक्षा गर्नुपर्ने बाध्यता छ ।

अस्पतालले क्यान्सर उपचारका लागि अत्यावश्यक मानिएको सीटी सिमुलेटर र टोमोथेरापी मेसिन दुई वर्षअघि ४७ करोड ९० लाख ६० हजार रुपैंयामा खरिद गरे पनि उपयोेग गरेको छैन । मेसिन प्राप्त भएको दुई वर्ष ९ महिना बितिसक्दासमेत जडान नहुँदा क्यान्सर उपचार सेवा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । मर्मत गर्नुपर्ने उपकरण थन्किएका छन् । वीर अस्पतालले नियमविपरीत कर्मचारीलाई सेवासुबिधा उपलब्ध गराएको पनि देखिएको छ । अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीको पारिश्रमिक एवंम अन्य सुविधा नियमविपरीत सरकारको अनुदानबाट १४ करोड १० लाख २२ हजार खर्च लेखेको पाइएको छ ।

पछिल्लोपटक एक वर्षमा बहिरंगतर्फ ३ लाख ७८ हजार ५ सय १८, आकस्मिकतर्फ ४४ हजार ५ सय ३९ र भर्ना भएका १३ हजार १ सय ६८ विरामीले उपचार सेवा पाएका छन् । प्रत्येक वर्ष विरामी चाप बढ्दै गए पनि सेवा प्रवाह गुणस्तर सुधारमा वीरले ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । राजधानी दैनिक