२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित



अ+ अ-

काठमाडौँ। नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।

थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा महिला ५२ केजीमुनिको प्रतिस्पर्धामा देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसँग पराजित भएकी हुन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिनुभयो । बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्ववरीयतामा ३०४औँ तथा नान्दिन ७५औँ स्थानमा छन् ।

अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा देवकीसहित नेपालबाट छ खेलाडीले सहभागिता जनाएका थिए । महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई पराजित गरिन् भने दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग चुकिन् । महिला ७० केजीमुनि प्रतिस्पर्धामा भारतीय खेलाडीले रञ्जना खड्कालाई पाखा लगाइन् ।

पुरुष ६० केजीमुनि प्रतिस्पर्धामा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई पराजित गरे भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । यस्तै, ६६ केजीमुनिको स्पर्धामा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए । रासस