९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा अतिक्रमणप्रति नेपाल कम्युनिस्ट पार्टीको विरोध



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) मार्फत गरेको सीमा अतिक्रमणको विरोध गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै खलङ्गापारि वाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सीमा सुरक्षा बलले तटबन्धनको बहानामा भारतीय सिमाना भन्दा ८ देखि १० मिटर नेपाली भू–भागलाई मिचेर तटबन्ध गर्न थालेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सो पार्टीले दुई देशको सिमानासम्बन्धी सवालको निरुपण गर्ने अन्तर्राष्ट्रिय कानूनी मान्यताहरुका खिलापमा एसएसबीले तटबन्धको नाममा नेपाली भूमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भू–भागतिर मोड्ने बदनीयतपूर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई चेतावनी दिएको छ ।

साथै खलङ्गापारिको महाकाली नदीमा एसएसबीमार्फत भारतीय सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कूटनीतिक र राजनीतिक पहल गर्न नशेरबहादुर देउवा सरकारसँग सो पार्टीले माग गरेको छ ।