२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल प्रिमियर लिग च्याम्पियन



अ+ अ-

काठमाडौं । जारी सिजनको ईंग्लिश प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ ।

गएराति भएको खेलमा टोटेनहमलाई ५-१ गोलले हराउँदै लिभरपुल २० औं पटक च्याम्पियन बनेको हो । लिभरपुलले चार खेल अगावै उपाधि जित्यो । ३४ खेलबाट उसको ८७ अङ्क रहेको छ । दोस्रो स्थानको आर्सनलको ६७ अङ्क छ ।

यो उपाधिसँगै लिभरपुलले म्यान्चेस्टर युनाइटेडको कीर्तिमान बराबरी गरेको छ । दुबै टोलिले २०-२० उपाधि जितेका छन् ।

घरेलु मैदान एनफिल्डमा खेलको १२ औं मिनेटमा लिभरपुलले गोल खान पुग्यो । डोमिनिक सोलान्कीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, त्यसपछि भने लिभरपुल पछाडि परेन । १६ औं मिनेटमा नै लुइस डियाजले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याए ।

२४ औं मिनेटमा म्याक एलिस्टर र ३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुल पहिलो हाफमा ३-१ ले अघि रह्यो । दोस्रो हाफमा मोहम्मद सलाहले एक गोल थपे । उनले ६३ औं मिनेटमा गोल गरेका हुन् ।

६९ औं मिनेटमा लिभरपुलले एक गोल उपहारस्वरुप पायो । टोटेनहमका डेस्टिनी उडोगीले आत्मघाती गोल गर्न पुगे ।

यता पराजित टोटेनहमको भने यो सिजन निकै खराब प्रदर्शन रह्यो । ३४ खेलबाट ३७ अङ्क जोडेको टोलि तालिकाको १६ औं स्थानमा छ ।