२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा तीन जनाको  मृत्यु



अ+ अ-

सप्तरी। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया  कविता चौधरी  र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बाहक बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते मगरातीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा सप्तकोशी–१ की २१ वर्षीया सुवेता दाहाल,  सोही स्थानकी २६ वर्षीया चेतना भट्टाई,  झापाका मनोज भट्टराई, सोही स्थानकी मिना भट्टराई, उदयपुरको चौडण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, नाम नखुलेका  एक पुरुष गरी २९ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको कञ्चनरुप–१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस