२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतकडीसहित अभियुक्त फरार



अ+ अ-

सुदूरपश्चिम। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार हुनुभएको छ ।

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरीकार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उहाँ हतकडीसहित फरार हुनुभएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताउनुभयो । निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो । रासस