२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज चट्याङसहित पानी पर्ने सम्भावना, गर्मी कम हुँदै जाने



अ+ अ-

काठमाडौं । आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । योसँगै केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी घट्ने प्रक्षेपण गरिएको छ ।

आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलिदेखि तापक्रम घट्ने भएकाले गर्मी कम हुने छ ।

भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने सम्भावना रहेको छ ।

पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । जसकारण तातो हावाको चेतावनी दिइएको थियो । अन्य प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन भएको थियो ।