२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोर्दी जोड्ने सडक अन्तिम चरणमा



अ+ अ-

लमजुङ । दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ ।

गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने यो सडकको स्तरोन्नति कार्य पाँच वर्ष हुन लाग्दा बल्ल ८० प्रतिशत हाराहारीमा छ ।

पूर्वधार कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भन्नुभयो, “कोरोना सङ्क्रमणलगायत विविध कारण देखाउँदै ठेकेदारले निर्माणको काम ढिला गर्यो, अहिले पछिल्लो समयमा भने सरकारले रकम उपलब्ध गराउन नसक्दा पनि ठेकेदारले मन लगाएर काम नगर्दा निर्माण सुस्त भइरहेको छ ।”

पटकपटक म्याद थप्दै काम गरे पनि थप गरिएको समयमा सकिन लाग्दा समेत काम सम्पन्न नहुँदा निर्माण ढिला भएको हो । यहाँ नाला बनाउने र स्टक्चरको काम अधिकांश सम्पन्न भएको निमित्त प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाखको लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्र हुन लागेको हो । यस वर्षमात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छ भने हालसम्म रु २१ करोड भुक्तानी गरेको निमित्त प्रमुख सिग्देलको भनाइ छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडलगायत कारण निर्माण सुरु हुन ढिलाइ हुँदा निर्माण कम्पनीले २०७९ पुससम्ममा पुनर्निर्माण लागि जिम्मेवारी पाएको थियो ।

उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुन: म्याद थप गर्दै २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुन: म्याद थप गर्दै २०८१ मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । उक्त समयमा पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुनसकेको छैन । सडकको निर्माण गर्न कन्टेक निर्माण प्रालि काठमाडौँले सडक २०७७ असार ३ गते सम्झौता भएको थियो ।

निर्माण ढिलाइका कारण पटकपटक म्याद थप गर्दै आए पनि अब भने संसोधन भएर आएमा मात्र पुन: म्याद थप हुने, नत्र म्याद थप गर्न नसकिने सिग्देलको भनाइ छ । हामीले बजेट पनि अपुग भएर बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पठाएको र तत्काललाई करिब रु दुई करोड अपुग रहेको कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । सरकारले बजेट निकासा गर्न नसक्दा पनि निर्माणकार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदीपुरबाट बेँसीसहर नगरपालिका–११ हुँदै दोर्दी गाउँपालिका–४ स्थित दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुने छ । सो सडकका दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गरिने छ । गााउँपालिका केन्द्र जोड्ने मुख्य यस सडकको निर्माण ढिलाइ हुँदा पालिकावासीले कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका छन् । रासस




भर्खरै