३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ-शरतसिंह भण्डारी



अ+ अ-

गौशाला। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट आतङ्कवादलाई परास्त गर्न यसविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

आज गृह जिल्ला महोत्तरीको गौशालामा नेता कार्यकर्तासँग छलफलका क्रममा उहाँले हालै भारत, काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले सबैलाई दुःखी तुल्याएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्ध उठाएको कदममा नेपालको पनि साथ रहने बताउनुभयो ।

मन्त्री भण्डारीले नेपालले विश्वशान्तिको पक्षमा रहेको भन्दै जुनसुकै नाममा हुने हिंसा स्वीकार्य नहुने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने नीतिअनुसार पार्टी जनस्तरबाटै मिसन ८४ अभियानमा लागेको बताउनुभयो । रासस