२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा सात खानीक्रसर उद्योग बन्द



अ+ अ-

काभ्रेपलाञ्चोक। यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् ।

बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै कारबाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

शुक्रबार गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमिल्सिना नेतृत्वको अध्यया समितिले बेथानचोक–५ स्थित चण्डेश्वरी बालुवा उद्योग, लड्केश्वर ढुङ्गा तथा स्टोन उद्योग, खाल्टे स्टोन ढुङ्गा खानी र वडा नं ४ स्थित आरएस चलाल इन्डस्ट्रिज प्रालि बन्द गराउन निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार उक्त गाउँपालिकाका प्रतिनिधिसहित समितिले स्थलगत निरीक्षण गरी यही बुधबार बन्दको सिफारिस गरेपछि ती खानी तथा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसअघि गत फागुन अन्तिम साता पनौती नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित तीन खानी तथा क्रसर उद्योग बन्द गराएको थियो । नगरको वडा नं २ र १२ मा मापदण्ड विपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गराइएको थियो ।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, १२ नं वडाको भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको थियो । नगरले खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग बन्द गराएको जनाएको छ ।

गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत अनुरोध गरेको छ ।

विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक/एक खानी तथा क्रसर सञ्चालनमा छन् । रासस