३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा सात खानीक्रसर उद्योग बन्द



अ+ अ-

काभ्रेपलाञ्चोक। यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् ।

बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै कारबाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

शुक्रबार गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमिल्सिना नेतृत्वको अध्यया समितिले बेथानचोक–५ स्थित चण्डेश्वरी बालुवा उद्योग, लड्केश्वर ढुङ्गा तथा स्टोन उद्योग, खाल्टे स्टोन ढुङ्गा खानी र वडा नं ४ स्थित आरएस चलाल इन्डस्ट्रिज प्रालि बन्द गराउन निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार उक्त गाउँपालिकाका प्रतिनिधिसहित समितिले स्थलगत निरीक्षण गरी यही बुधबार बन्दको सिफारिस गरेपछि ती खानी तथा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसअघि गत फागुन अन्तिम साता पनौती नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित तीन खानी तथा क्रसर उद्योग बन्द गराएको थियो । नगरको वडा नं २ र १२ मा मापदण्ड विपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गराइएको थियो ।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, १२ नं वडाको भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको थियो । नगरले खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग बन्द गराएको जनाएको छ ।

गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत अनुरोध गरेको छ ।

विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक/एक खानी तथा क्रसर सञ्चालनमा छन् । रासस