२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको किरिया बसेकी महिलाको मृत्यु



अ+ अ-

दाङ। तुलसीपुरमा श्रीमानको किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर-७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमान्को निधनको आज छैटौँ दिनमा उहाँको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल स्रोतले जनाएको छ । रासस