३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गलको आगो फैलिएपछि नवदुर्गामा क्षति



अ+ अ-

डडेल्धुरा। नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा आगलागी भएको छ । जङ्गलमा आगो फैलिएपछि स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखापरीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले जानकारी दिनुभयो ।

आज दिउँसो आगलागी हुँदा प्रिप्याफ भवन र भवनमा रहेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका उहाँले बताउनुभयो । जङ्गल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको र स्थानीयवासी, नेपाली सेना र प्रहरी संयुक्त रूपमा आगो निभाउने प्रयासमा जुटिरहेका छन् ।

दुर्गा भवानी सामुदायिक वनमा लागेको डढेलोको आगो हावाको कारणले पालिकासम्म पुगेको हो । पालिका कार्यालयले हालसम्म क्षतिको यकिन विवरण सङ्कलन गर्न नसकेको जनाइएको छ । रासस