३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ’



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताउनुभएको छ ।

मनमोहन मेमोरियल कप फाउन्डेसन इनरुवाद्वारा आजदेखि विराटनगरमा आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ उद्घाटन गर्दै उहाँले ग्राम स्थापनाबाट समग्र खेलकुद क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकुदबारे पठनपाठन र रङ्गशालालासहित अन्य सामग्रीको व्यवस्था गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी तीन वर्षभित्र यस क्षेत्रमा क्रिकेटका लागि अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद रङ्गशालामा यही वैशाख १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । पचास ओभरको ‘लिगकम नकआउट’ का आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी बल, नेपाल आर्मीका विभागीय टोली, बागमती, कोशी प्रदेश र भारतको आसाम क्रिकेट क्लबको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु चार लाख, दोस्रोलाई रु दुई लाख प्रदान गरिने छ भने उत्कृष्ट हुने विधागत खेलाडी र प्लेयर अफ दी म्याचलाई नगद पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा नेपालका ‘क’ श्रेणीका क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ ।

आयोजकले यसअघि सुनसरीको इनरुवामा २०७५ सालमा पहिलो र २०७६ मा दोस्रो चरणको प्रतियागितामा सम्पन्न गरिसकेको छ । आज भएको खेलमा साबिक विजेता नेपाल आर्मीको त्रिभुवन क्लबले सशस्त्र प्रहरी क्लबलाई दुई विकेटले पराजित गरेको छ । रासस