२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउनसक्छः सभामुख घिमिरे



अ+ अ-

ललितपुर। सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउन सक्ने भएकाले महत्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आज ललितपुरमा आयोजित पाँचौँं फोटो पत्रकारिता अवार्ड वितरण समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले समाजमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका भए पनि यो पेसा ज्यादै चुनौती रहेको धारणा राख्नुभयो । “फोटो पत्रकारिताको विकासका लागि संस्थागत पहल महत्वपूर्ण छ, भ्रम सिर्जना गर्न सकिने प्रविधिको युगमा फोटो पत्रकारिताले शताब्दीसम्म सत्यतथ्य र समाजको यथार्थतालाई चित्रण गर्न सक्नेछ । फोटो पत्रकारको महत्व र आवश्यकतालाई राज्यले सम्बोधन गर्दै पेसाप्रति प्रेरित गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले फोटो पत्रकारको सम्मान र सहयोगका लागि संस्थागत रूपमा अक्षयकोष स्थापना गरी समूहले सम्मान गर्नु सराहनीय काम भएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फोटो पत्रकारिताले निष्पक्षता र प्रमाणित कुरा सम्प्रेषण गर्दा नै विश्वसनीय भएको बताउनुभयो । “दृश्यबिना पत्रकारिता अपूरो हुन्छ, लेखेको समाचारभन्दा तस्बिरबाट देखाइएको पत्रकारिता महत्वपूर्ण हुन्छ । चुनौती, दुःख, कष्टलाई सहेर समाजको परिदृष्यलाई चित्रण गर्नु ठूलो काम हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा फोटो पत्रकार समूहले सात वटा प्रदेशबाट एक/एक जना, १५ वटा विद्यामा १५, लाइफटाइम एचिभमेन्ट अवार्डबाट एक र मरणोपरान्त एक गरी २४ जनालाई सम्मान गरेको छ ।
सम्मानित व्यक्तित्व छनोटका लागि गठित समितिको निर्णायक मण्डलका सदस्य मनोज दाहालले सीमित स्रोतसाधनका बाबजुद नेपालको फोटो पत्रकारिता उन्नत हुँदै गइरहेको बताउनुभयो । फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संस्थाको सदस्यता लिएका फोटो पत्रकारलाई क्यामेरा किन्नका लागि ग्लोबल आइएमईबाट सहुलियत ऋणको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

विसं २०५३ असोज ६ गते स्थापना भएको यस संंस्थाले फोटो पत्रकारको क्षमता अभिवृद्धिका साथै यस क्षेत्रमा लाग्ने उत्कृष्ट पत्रकारलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । रासस