२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रवार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ ।

थाइल्याण्डको राष्ट्रिय प्रहरीले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा प्रहरी उड्डयन विभागको विमान उडान भरेको केही समयपछि समुन्द्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै छ जनाको मृत्यु भएको बताएको छ ।

प्रहरीले प्यारासुट प्रशिक्षणको लागि परीक्षण उडान गरिरहेको बेला विमान दुर्घटना भएको बताएको छ । दुर्घटनाको कारण अनुसन्धान गरिनेछ ।