२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला कबड्डीको पाँचौं खेलमा नेपालको हार (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ। नेपालले बंगलादेशसँगको महिला कबड्डी शृंखलाको पाँचौं खेलमा हार व्यहोरेको छ । सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण हलमा शुक्रबार पाँचौं खेलमा नेपाल पाहुना टोली बंगलादेशसँग २८–२३ अंकले पराजित भएको हो ।

यससँगै नेपालले श्रृंखला ३–२ को नतिजामा नै चिक्त बुझाएको छ । बिहीवार चौथो खेलमा जित निकाल्दै नेपालले पाँचौं खेलअगाडि नै शृंखला आफ्नो पक्षमा पारेको थियो । त्यसैले शुक्रबार पाँचौं खेलमा जित निकाल्दै दुवै टोली श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्थे । तर पाँचौं खेलमा नेपालले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नुपर्यो ।

पहिलो हाफमा १४–७ को अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपरेको हो । बंगलादेश पहिलो हाफमा एकपल्ट अलआउट भयो ।तर दोस्रो हाफमा भने नेपालले लय जारी राख्न सकेन । बंगलादेशले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । यो हाफमा बंगलादेशले २१ अंक जोड्दै उत्कृष्ट पुनरागमन गर्यो ।

यस क्रममा नेपाली टोली दुईपल्ट अलआउट पनि हुन पुग्यो र हार सामना ग¥यो । बंगलादेशको जितमा मेहबी चम्का प्लेअर अफ दी म्याच भइन् । उनले पाँच हजार नगद पुरस्कार पाइन् । प्लेअर अफ दी सिरिज भने नेपाली कप्तान मानमती बिष्ट भइन् । उनले ट्रफी र १५ हजार रुपैयाँ नगद पुरस्कार पाइन् ।

श्रृंखलामा च्याम्पियन नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी र कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले पुरस्कृत गरे । नेपालले यसअघि तेस्रो खेलमा पनि हार बेहोरेको थियो । —न्युज एजेन्सी नेपाल