९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

विश्व औलो दिवसः औलोको उच्च जोखिममा पाल्पा

विश्व औलो दिवसः औलोको उच्च जोखिममा पाल्पा
अ अ+ अ-

पाल्पा। पाल्पा औलोको उच्च जोखिममा रहेको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोका कारण जिल्ला उच्च जोखिममा परेको हो ।

जिल्लामा हरेक वर्ष औलो सङ्क्रमित बिरामी भेटिने गरेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको पछिल्लो छ वर्षको तथ्याङ्क अनुसार यहाँ २५ जनामा औलो पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा दुई, आव २०७७÷७८ मा एक, आव २०७८÷७९ मा एक, आव २०७९÷८० मा पाँच, आव २०८०÷८१ मा सात र चालु आवको हालसम्म नौ जना बिरामीमा औलो फेला परेका स्वास्थ्य कार्यालयका औलो रोग कार्यक्रमका फोकल पर्सन एवं वरिष्ठ ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ मध्ये २४ जना आयातित औलोबाट सङ्क्रमित बिरामी हुन् ।

गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलोबाट सङ्क्रमित भएका थिए । बाँकी सबै भारतबाट आउनेहरूमा देखिएको हो”, उहाँले भन्नुभयो । चालु आवको चैतसम्म नौ जना औलोका बिरामी भेटिएका छन् ।

फोकल पर्सन भट्टराईले यहाँका छ स्थानीय तहमा औलोका बिरामी फेला परेका बताउनुभयो । उहाँका अनुसार माथागढी गाउँपालिकामा तीन, बगनासकाली गाउँपालिकामा दुई, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाका एक÷एक जनामा औलो पुष्टि भएको हो ।

कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोबाट सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । विशेष गरी महाराष्ट्र, दिल्ली, गुजरातबाट आएकामा  देखिएको भट्टराईले जानकारी दिनुभयो । खुला सिमानाका कारण दैनिक भारत आवतजावत गर्नेहरू औलो सङ्क्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा सङ्क्रमण फैलिने जोखिम बढेको उहाँले बताउनुभयो ।

फोकल पर्सन भट्टराईले जिल्लामा बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौती थपेको हो ।  पाल्पामा स्थानीय मलेरियाका बिरामी देखिनु, आयातित औलोका बिरामी बढ्दै जानु, कीटनाशकयुक्त झुल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाइ, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरूको अभाव, मलेरिया टेस्टकीट आवश्यकताअनुसार प्राप्त नहुनुलगायत कारणले औलो निवारणमा थप चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

औलोबाट गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुने स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितलाई स्वास्थ्य कार्यालयले विशेष निगरानी बढाएको बताउनुभयो । उहाँका अनुसार सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुँदै आएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औलो बिरामीको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सीमानाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा रोगबारे सचेतना, जोखिमयुक्त क्षेत्रहरूमा झुल वितरण तथा कीटनाशक विषादी छिड्काउलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलो रोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको हो ।  रासस