३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण



अ+ अ-

गुल्मी।  मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् ।

पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार ६३६ र घमिरखोला पुल रू तीन करोड १३ लाख ८४ हजार २३४ मा निर्माण सम्झौता गरेको थियो ।

त्यस्तै, सुनिल समिर निर्माण सेवाले ०७९ साल जेठामा हुलाके खोला पुल रू पाँच करोड ७९ लाख ५३ हजार ३३५ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९३ मा निर्माण सम्झौता गरेको थियो । चारैवटा पुलको कुल लागत रू १९ करोड २६ लाख ५५ हजार २०१ रहेको मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिनुभयो । फूलबारी खोला पुल २०, घमिर खोला पुल १५, धनार्जे खोला पुल ३५ र हुलाके खोला पुल २५ मिटर लम्बाइका रहेका छन् ।

पुल निर्माण भएपछि इस्मा, धुर्कोट, मदाने, मालिकालगायतका नागरिकलाई राहत मिलेको छ । खासगरी वर्षायाममा पानीको बहाव बढी हुँदा यातायातमा निकै समस्या हुने गरेको थियो । विद्यार्थीहरूलाई विद्यालय जान, समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेकामा अहिले सहज भएको छ ।

तम्घास–सिमलटारी सडकको चार स्थानमा पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर वर्षौं नागरिकले सास्ती खेप्नु परेको थियो । समयमै पुल निर्माण नहुँदा नेता र नेतृत्वले निकै आलोचना पनि खेप्दै आएका थिए । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माण भएका छन् ।

जसले गर्दा गुल्मी पश्चिमका पाँच स्थानीय तहसँगै प्यूठानका नागरिकलाई समेत सहज भएको छ । “पुल नबन्दा धेरै जोखिम थियो, नागरिकले धेरै सास्ती खेप्नुपरेको थियो”, इस्मा गाउँपालिका–२ स्थित पालुखा माविका शिक्षक बाबुराम पन्थीले भन्नुभयो, “अहिले धेरै सहज भएको छ ।”

अट्ठाइस किलोमिटरको तम्घास–सिमलटारी सडक कालोपत्र भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्यूठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छभने सडकले कैयौँ व्यावसायिक कामहरूको सुरूवात भएको छ । सडकको अहिलेको अवस्था मात्रै नभएर भोलिको भविष्य सम्झेर होटल तथा विभिन्न व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्गदल, फूलबारी र सिमलटारीलगायत स्थानमा होटल, ग्यारेज, फेन्सी, डेरी तथा व्यावसायिक तरकारी तथा पशुपालनको कामहरू भइरहेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताउनुभयो । रासस