२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि



अ+ अ-

सुर्खेत। एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रदेशका दशवटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो । गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरुबाट विभिन्न सेवा लिएका नागरिकहरुको तथ्याङ्क प्रदेश सरकारले सार्वजनिक गरेको छ । यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ । विगतमा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरु  गाउँमा अस्पताल पुगेपछि पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेलको दाबी छ ।

कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रुपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उहाँको भनाई छ ।

त्यसैगरी शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम् कामको सुरुआत गरेको जनाएको छ । मुख्यमन्त्री कँडेलद्वारा प्रस्तुत एक वर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा उल्लेख गरिएको छ । दश वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।




भर्खरै