९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह

भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
अ अ+ अ-

कलैया। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा मधेसमा सरकारले लुट मचाएको बताएका छन् ।

बाराको सिम्रौनगढमा आज (शुक्रबार) सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए ।

भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिशनको व्यवस्था रहदासम्म मधेसमा भईरहेको सरकारी लुटपाट (छिनछोर) नरोकिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग अध्यक्ष साहले भन्सारको नाममा मधेसमा भईरहेको सरकारी लुट कहिले रोकिने भन्दै प्रश्न समेत गरेका छन् ।

‘प्रधानमन्त्रीजी, भन्सारको नाममा भईरहेको सरकारी लुटपाट कहिले रोक्नुहुन्छ ? सम्पतीको हक संवैधानिक हक हो तर तपाईहरुले त यहाँ लुट मचाउनुभएको छ । यही देशमा हत्याराको सम्पती नखोस्ने, बलात्कारीको सम्पती नखोस्ने । तर भन्सार नबुझाएकै कारण कसैको बुवा, बाजेको सम्पती पनि खोस्ने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसंग प्रश्न गरे ।

देशमा लुट मचाएका लुटेराको सम्पती सरकारले नखोस्ने, आयकर, मुल्यअभिबृद्धि कर छल्ने, नबुझाउनेको सम्पती सरकारले नखोस्ने तर सीमामा बस्ने सोझासाझा नेपाली जनताको निजि सम्पती सरकारले लुटिरहेको उनले बताए ।

‘तपाई हेरिराख्नु भएको छ ठुलाबडाले सम्पती कर लुकाउछन् । आयकर बुझाउदैनन, मुल्यअभिबृद्धि कर समेत छली गर्छन । त्यहाँ सरकारले तिनिहरुको सम्पती जफत गर्दैन । तर दुई किलो नुन, एक बोरा खाद्य ल्याउनेहरुको साईकल, मोटरसाईकल समेत खोसिन्छ । यो अत्याचार होइन भने के हो ? सम्पतीको हक संवैधानिक हक हो । के यो मधेसमा लागु हुदैन् ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।

सरकारको विभेदकै कारण ऐतिहासिक सिम्रौनगढ आझेलमा परेको उनले बताए । ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं सांस्कृतिक क्षेत्र सिम्रौनगढको विकासका लागि सरकारले काम नगरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन् । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औधोगिक हबछ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसंग विभेद किन गरेको ?’ आजपा अध्यक्ष साहले भने ।

वर्तमान सरकारले मुलुकमा समृद्धि ल्याउछौ भन्दै जनतालाई भ्रमित बनाइरहेको टिप्पणी समेत उनले गरे । प्रधानमन्त्री ओली र एमालेले आफ्नै मतदातासंग न्याय नगरेको उनले बताए । एमालेलाई मतदान गर्नेहरु आज पछुतो मानिरहेको उनले बताए ।

‘तपाईहरु हेर्दैहुनुहुन्छ आज एमालेलाई मतदान गर्नेहरु पछुतो मानिरहेका छन् । मधेसको लाईफलाईन रहेको हुलाकी राजमार्ग ६ लेनको हुनुपर्ने हो । तर यो सरकारले बनाउदैन् । किन भने अहिलेको सरकारले समृद्ध मधेस बनेको हेर्नै चाहदैन्,’ आजपा अध्यक्ष साहले भने, ‘कलैयाको त्यो ३ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकारले समृद्ध नेपाल बनाउँछौ भन्दा हामीले पच्याइदिनुपर्ने ।

मतदाताले त वडा सदस्य, मेयर, उपमेयर, बिधायक, सांसद सबै एमालेकै जिताए । संघीय सरकारमा प्रधानमन्त्री, भौतिक मन्त्री एमालेकै छ । प्रदेशमा पनि एमालेकै सरकार छ, पालिकामा पनि एमालेकै सरकार छ तर तीन किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकार भएर वा नभएर के हुन्छ ? उनीहरुलाई मतदान गर्नेहरु अहिले पछुताइरहेका छन् ।

युवा नेता नविन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु मा. समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा लगायतका नेता एवं उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबू कुशवाहाको विशेष सहभागिता रहेको थियो ।