३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारकले प्रतिपक्षीहरुसँग प्रतिशोध साँध्योः माओवादी उपमहासचिव पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारकले विचौलियको संरक्षण र प्रतिपक्षी दलहरुसँग प्रतिशोधन साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उहाँको भनाइ छ । उहाँले सरकारले विचौलियको हितमा काम गरिरहेको छ भन्दा आफूहरुलाई सरकारबाट हट्दाको छटपटि भनियो भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, विचौलिया र स्वार्थ समूहको सरकार भनिरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१० महिनासम्म सरकारले दलाल र विचौलियाहरुको संरक्षण र प्रतिपक्षी दल र नेताहरुसँग प्रतिशोध साँध्ने बाहेक सरकारले केही गरेको छैन । धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको छ । हामीले यो सरकारको विचौलियको हितमा काम गरिरहेको छ भन्दा सरकारबाट हट्दाको छटपटि भनियो । आज हामीले मात्र होइन घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर सरकारले यो सरकार विचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’

सरकार गठनको १० महिनासम्म समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पती सार्वजनिक नगरिएको भन्दै किन गाह्रो भएको हो सरकार रु भन्दै प्रश्न गर्नुभयो ।