२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा



अ+ अ-

सुनसरी। सुनसरीको बराहक्षेत्र–१ स्थित सप्तकोशी नदीमा बगेर बेपत्ता भएका खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भाञ्जा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य अझै फेला परेका छैनन् ।

वैशाख ८ गते बिहान साढे ८ बजे आसपासमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका थिए । सप्तकोशीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मानिस बगेको खबर पाएलगत्तै स्थानीयवासीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजी जारी छ ।” बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका उहाँहरु नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । रासस




भर्खरै