६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच आज भेटवार्ता भएको छ ।

भेटमा उहाँहरूबीच दुई पक्षीय व्यापार, श्रम, आर्थिक सम्बन्ध र जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटपछि उपप्रधानमन्त्री सिंहले संक्षिप्त जानकारी दिँदै द्विपक्षीय भेटवार्ताले आगामी दिनमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध थप सुमधुर हुने र सहकार्यका क्षेत्रहरू विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस