२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला



अ+ अ-

सिन्धुपाल्चोक। ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् ।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलबार साझँदेखि सम्पर्कविहीन भएका थिए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् । सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन् ।

बा २ क ९०५६ नं को एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ । रासस