२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला



अ+ अ-

सिन्धुपाल्चोक। ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् ।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलबार साझँदेखि सम्पर्कविहीन भएका थिए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् । सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन् ।

बा २ क ९०५६ नं को एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ । रासस