१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुन्जी, कालापानी र लिम्पियाधुरा  क्षेत्रमा नेपालीको प्रबेश रोक्न भारतबाट पत्राचार



अ+ अ-

काठमाडौं । भारतको धार्चुला प्रशासन कार्यलयले  गुन्जी , कालापानी र लिम्पियाधुरा  क्षेत्रमा अनाधिकृत रुपमा नेपालीहरुले प्रबेश गरेको भन्दै प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई  पत्राचार गरेको छ । 

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भारतीय प्रशासनले पत्राचार गरेको हो ।

पत्रमा भनिएको छ  ‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’ 

पत्रमा धार्चुलाका उपजिल्लाधिकारी अनिल कुमार शुक्लले हस्ताक्षर गरेका छन् । नेपालले ती क्षेत्र आफनो भएको दाबी सहित   कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी  गरेको छ । नक्सा जारी पछि भारतले त्यसलाई अस्बीकार गर्दे असन्तुष्टि जनाउदै आएको छ ।