९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै

सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
फाइल फोटो
अ अ+ अ-

महेन्द्रनगर। मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा नहुँदा जिल्लाभरमा ४५ प्रतिशत रोपाइँ भएको छ । केन्द्रका प्रमुख धर्म साउँदले मनसुनमा भएको ढिलाइका कारण जिल्लामा रोपाइँ कम भएको बताउँदै जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जानकारी दिनुभयो ।

जिल्लाभर सिँचाइका सुविधा ३९ हेक्टर क्षेत्रफलमा रहे पनि अधिकांश कृषकले आकाशे पानीको भरमा धानखेती गर्नुपरेको छ । केन्द्रका प्रमुख साउँदले गत वर्षभन्दा यस वर्ष वर्षा कम हुँदा रोपाइँमा ढिलाइ भइरहेको बताउनुभयो । केही दिनयताको गर्मीका कारण किसानले जेनतेन खेतमा लगाएको धान पनि सुक्न थालेको छ ।

केन्द्रका अनुसार यहाँका अधिकांश किसानलाई बोरिङको पानी तान्न पनि समस्या भइरहेको छ । वर्षा नभएकाले जमिनमुनिको पानी पनि सुक्न थालेकाले बोरिङबाट तान्न पनि समस्या भइरहेको साउँदले बताउनुभयो । “जमिनमुनि पनि पानीको तह घटिरहेको छ”, उहाँले भन्नुभयो, “सिँचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाइरहेका छैनन् ।” असारको मध्य भइसक्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको नसकेको ज्ञान केन्द्रको भनाइ छ ।

कञ्चनपुरमा महाकाली सिँचाइ पहिलो र दोस्रो चरणअन्र्तगत भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको ११ हजार ६०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

त्यसैगरी, महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरका साथै कैलालीको मालाखेती क्षेत्रसम्म ३३ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित राष्ट्रिय गौरवको सिँचाइ आयोजना निमार्णाधीन छ । रासस