९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै

हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
अ अ+ अ-

स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ ।

पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो ।

एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताउनुभयो ।

पछिल्लो समय यान्त्रिक हलो (पावर टिलर) को प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरुमा सहजरुपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रेपछि मर्मत गर्नका लागि झन समस्या हुने भएकाले कृषकहरुलाई हल गोरु पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिइएको हो ।

चालु आर्थिक वर्ष २०८२/०८३ कालागि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउनका लागि हल गोरु पालेका कृषकहरुसँग आवेदन माग गर्नेसम्बन्धी सूचना गरेको थियो ।

सूचनाका आधारमा नगरपालिकाका ११ वटै वडाबाट ११६ हल गोरु पाल्नुभएका कृषकले आवेदन दिएकाले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव बनले जानकारी दिनुभयो ।

“नगरपालिकाबाट हल गोरुसम्बन्धी प्रोत्साहन रकम उपलब्ध गराउनकालागि कृषकहरुसित आवेदन माग ग¥यौँ”, उहाँले भन्नुभयो, “सूचनाका आधारमा कृषकले गोरुको बिमा गरेको, गोठमा रहेको हल गोरुको तस्बिरसहित आवेदन दिनुभएपछि नगरपालिकाबाट अनुगमन गरेपछि कृषकको खातामा रकम भुक्तानी गरिएको हो ।”

नगरपालिकाभित्र हल गोरुको सङ्ख्या आवेदन आएकाभन्दा धेरै रहेको तर कृषकले जानकारी पाएर पनि आवेदन नदिएको हुनसक्ने उहाँको दाबी छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ कालागि पनि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी आवमा चालु आवमा प्रोत्साहन अनुदान नपाएका हल गोरु पाल्ने कृषकले अनुदान पाउने भएका छन् ।