२३ असार २०८३, मंगलवार
,
Latest
सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

कर्णाली प्रदेशका दशवटै जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका बालबालिकासँगको साक्षात्कारमा उहाँले आफ्नो मात्र नभएर विद्यालय जान नपाएका बालबालिकाको पनि सवाललाई उठाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले विद्यालय जान नपाएका बालबालिका बारेमा घर छिमेकमै रहेका बालबालिका नै बढी जानकार हुनेहुँदा उनीहरूलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगीको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “तपाईहरूकै घरछिमेकका बालबालिका अझै विद्यालय बाहिर छन्, उनीहरूलाई प्रेरित गर्नुहोला ।”

समाजमा देखिएका हानिकारक कूरीति अन्त्य गर्न बालबालिकाको भूमिका महत्त्वपूर्ण हुने पनि मुख्यमन्त्री कँडेलले बालबालिकालाई सुझाव दिनुभयो । हानिकारक कूरीति जन्मिने घरबाट भएकाले आफ्नो घरमा त्यस्तो कूरीति बढ्न नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कडेलको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले राजनीति बुझ्ने तर सानै उमेरमै राजनीति नगर्न पनि बालबालिकालाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यो उमेरकै तपाईहरूलाई राजनीति गर्नुस् त भन्दिन, तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला । राजनीति भनेको अधिकारको खोजीको यात्रा हो ।”

मुख्यमन्त्री कँडेलले बालअधिकारका विषयमा राखेका विषय सान्दर्भिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न बालबालिकालाई सुझाव दिनुभयो । यसैबीच कर्णाली प्रदेशस्तरीय बाल सञ्जालका पदाधिकारी र सदस्यले आज भेटघाट गरी ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै सञ्जालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाको उचित सवालको समयमै व्यवस्थापन गर्नुपर्ने, बालविवाह न्यूनीकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथाहरू बालविवाह, जातीय छुवाछूत, छाउपडी प्रथा, अपाङ्गतामाथिको हिंसा न्यूनीकरण गर्न कानुनसँगै व्यवहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गनुभयो । रासस