६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ ।

मन्त्री खट्टरले आज उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयमा भेट गर्नुभएको हो । भेटमा दुई देशको हित, पारस्परिकसम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

नेपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबीच औपचारिक सहकार्य अघि बढ्ने जनाइएको छ । रासस