२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट बर्खास्त गरेका छन्। तामाङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले उनलाई पदमुक्त गरेका हुन्।

सूचना अनुसार, तामाङको पछिल्लो कार्यसम्पादनप्रति सरकारभित्रै असन्तुष्टि देखिएको थियो। विशेषतः ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही निर्णय र व्यवहारप्रति प्रधानमन्त्री असन्तुष्ट थिए। गृहमन्त्री रमेश लेखकले समेत तामाङलाई राजीनामा दिन सुझाव दिएका थिए, तर तामाङले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले उनलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

सरकारी स्रोतका अनुसार, तामाङले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा सरकारको नीति र निर्णयको खुलेर आलोचना गरेका थिए। उनको अभिव्यक्तिले सरकारको छविमा असर परेको भन्दै तामाङप्रति उच्चस्तरीय असन्तुष्टि देखिएको थियो।