४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

आत्तिनु पर्दैन तर हाइ एलर्टमा बसौं : डा. रवीन्द्र पाण्डे

आत्तिनु पर्दैन तर हाइ एलर्टमा बसौं : डा. रवीन्द्र पाण्डे
अ+ अ-

नेपाल कोरोना संक्रमणको अर्को चरणमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं । भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ ।

भारतसँग हाम्रो १८०० किलोमिटर लामो खुला सिमानाको कारण हामी जोखिममा परेका छौं । राजविराज, बिराटनगर, बिरगंज लगायत संक्रमित क्षेत्रमा मात्र होइन काठमाडौं लगायतका ठाउँमा भेटिएका लक्षणयुक्त संक्रमितको लहरो खोज्ने हो भने अधिकांश भारतबाट आएका व्यक्तिमा देखिएको छ ।

कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रजातिको संक्रमण सुरु भएको हो कि पुरानै भाइरसको स्वरूप परिवर्तनले नयाँ संक्रमण देखिएको हो भनेर अनुसन्धान गर्नु जरुरी छ ।

लक्षणयुक्त कोरोना संक्रमणको समुदायमा फैलिने डर धेरै हुन्छ । खास गरेर खोक्दा, हाच्छ्यु गर्दा, घुर्दा, चिच्याउँदा, नारा लगाउँदा संक्रमितको नाक तथा मुखबाट ठूलो संख्यामा भाइरस बाहिर निस्किन्छन्  । सार्वजनिक यातायात, बजार, चोक, मिटिंग, भेटघाट आदिमा ती संक्रमितको उपस्थिति भएमा संक्रमण ह्वात्तै बढ्ने खतरा हुन्छ ।

संक्रमण बढ्यो भन्दैमा हामीलाई सर्छ भन्ने ग्यारेण्टी । यी अवस्थामा हामीलाई संक्रमण सर्दैन ।

– बिना काम घर बाहिर नगएमा । 

– बाहिर निस्कँदा सहि तरिकाले (नाक, मुख छोप्नेगरि तथा एयर टाइट हुने गरि) मास्क प्रयोग नगरेमा ।

– बाटो, चोक, पसल, कार्यालय तथा हरेक ठाउँमा कम्तीमा ६ फिटको दुरी अनिबार्य पालना गरेमा ।

– सम्भव भएसम्म बाहिर केहि नछुने, नाक र मुख तथा आँखामा नछुने, साबुनपानी वा ह्याण्ड स्यानिटाइजरले हात सफा गरिरहेमा ।

– खुला ठाउँ तथा भेन्टिलेसन भएको ठाउँमा बसेमा ।

– पोषिलो खाना तथा सरसफाईमा बिशेष ध्यान दिएमा ।

यदि कोरोना संक्रमण सर्यो भने पनि आत्तिनु पर्दैन । अन्य देशको तुलनामा कोरोना संक्रमणको असर नेपाल तथा नेपालीलाई न्यून छ । नेपालमा कोरोना संक्रमितको हालसम्म मृत्युदर ०.२ प्रतिशत छ । मृत्युदर ५ – १२ प्रतिशत भएका देशहरुमा समेत त्यहाँ रहेका नेपालीको मृत्युदर लगभग १ प्रतिशत मात्र छ ।

– कोरोना भाइरसबाट हालसम्म विश्वका विभिन्न देशमा ३११५० नेपाली संक्रमित भएकोमा १६१ नेपालीको मृत्यु भएको छ । यो मृत्युदर ०.५ प्रतिशत मात्र हुन आउँछ भने मध्ये ९३ प्रतिशत अर्थात् २९ हजार २४३ नेपाली कोरोनाबाट मुक्त भएको एनआरएनले जनाएको छ । त्यति मात्र होइन भारतका दार्जिलिंग, सिक्किम, मिरिक, नागाल्याण्ड, आसाम तथा बंगलादेशको रंगपुर र दिनाजपुर र बर्माका नेपालीको समेत मृत्युदर निकै कम छ । हिमालय रेन्जमा रहेका चीनको तिब्बत, नेपाल, सिक्किम तथा भुटानमा पनि मृत्युदर नगण्य छ । हाम्रा खानपिन, संस्कार, परम्परा तथा अन्य जीवनशैलीको अनुसन्धान गर्नु जरुरी छ ।

– हाम्रो हात धुने अभ्यास, ताजा खाना खाने संस्कार, मरमसलाको प्रयोग, शारीरिक श्रम गर्ने बानी, घाम ताप्ने बानी, जुठो नखाने र अँगालो नहाल्ने बानी, सामुहिक बसाइको सिमितता, डर्ट इम्युनिटी, सपिंग मलमा भन्दा साना पसलमा किन्ने बानी तथा आफ्नो परिवारप्रति पुरै जिम्मेवार हुने प्रवृतिको कारण नेपालमा कोरोना संक्रमण भयाबह नहुने तथा संक्रमण बढेपनि मृत्यु निकै कम हुनेछ ।

– हामीकहाँ ठूलो मात्रामा संक्रमण फैलाउने खेल मैदान, नाइट क्लब, लाइभ कन्सर्ट, दशौँ हजारको आवतजावत हुने अन्डर ग्राउण्ड रेल स्टेसन आदि छैनन् ्र जसको कारण संक्रमण मान्द गतिमा मात्र बढ्न सक्छ ।

– हाम्रो औसत आयु ७१ बर्ष छ जबकी बिकसित देशमा ८५-८६ बर्ष छ । ६५ बर्षमाथिको जनसंख्या बिकसित देशमा २०-२५ प्रतिशत छ भने नेपालमा जम्मा ५.४ प्रतिशत छ । नेपालमा अत्यधिक मोटोपनाको समस्या छैन । धेरै बुढाबुढी सामुहिक रुपमा बस्ने नर्सिंग होम नेपालमा छैनन्  । यस्ता बिबिध कारणले गर्दा हाम्रो देशको मृत्युदर कम हुन्छ ।

– अहिले कोरोना संक्रमणको लागि धेरै प्रकारका प्रभावकारी औषधि विश्वमा प्रयोग भइरहेको छ । जसले गर्दा गम्भीर हुने र मृत्यु हुनेको दर घटिरहेको छ । नेपालमा पनि त्यस्ता लाइफ सेभिंग औषधि छन् । त्यस्तै खोपको काम तीब्र गतिमा भइरहेको छ ।

– हामीले सेवन गर्ने अदुवा, बेसार, ज्वानो, मरिच, कागती, गुर्जो, अश्वगन्धा, तुलसी, दालचिनी लगायतका बनस्पतिले इम्युनिटी पावर बढाउँछन् ्र योग, ध्यान तथा बिपद्मा साथ दिने हाम्रो संस्कार मनोबल बर्धक छ ।

– बिसिजी लगायतका खोपको कारण पनि हामी ६-१० गुणा सुरक्षित छौं ।

– हाम्रा गाउँ सबैभन्दा सुरक्षित छन् । ताजा खाना, परिश्रम, दुरी कायम गरेका घर आदिको कारण गाउँमा संक्रमण फैलिने सम्भावना कम हुन्छ ।

संक्रमण तोड्ने यी र यस्ता बिबिध मौलिक जीवनशैलीको कारण हामीले धेरै चिन्ता गर्नु जरुरी छैन । महामारीमा सतर्क हुनु हाम्रो परम कर्तब्य हो । हामीले जति सक्यो थोरै व्यक्ति भेटौं, जति सक्यो छोंटो कुरा गरौँ, जति सक्यो टाढा बसेर कुरा गरौँ । महामारीको समयमा जीवन यापन गर्ने कमाइमा सन्तुष्ट बनौं । महत्वाकांक्षी नबनौं । 

न्यून आय भएका व्यक्तिलाई पुग्नेगरि राहत वितरण गर्न स्थानीय निकाय, प्रदेश सरकार, केन्द्र सरकार तथा सामाजिक संस्थालाई उत्प्रेरित गरौँ । सकारात्मक सोंच र आशाबादी गुणको विकास गरौँ !