२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन



अ+ अ-

मुस्ताङ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा  रु ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चार पटकसम्म गणना गरिएको छ ।

मङ्सिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो । यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब रु ८६ लाख र चालु आवमा करिब रु ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा सङ्कलक रविन सुवेदीले जानकारी दिनुभयो ।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो । यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठूलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

मुक्तिनाथ विकास समितिले गत आव २०८०/०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा रु नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ । यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो ।  रासस